स्वास्थ्य

जिल्ला स्वास्थ कार्यालय मकवानपुरका कर्मचारीले लापरवाही गर्ने, बिरामीले पीडा पाउँने !

डेंगु परिक्षण किट व्यवस्थापनमा ध्यान नदिएकै कारण बिरामीको परिक्षण भएन
लोकखबर
४ भाद्र २०७६, बुधबार ०९:०४

मकवानपुर । मकवानपुरमा डेंगु परिक्षण किट सकिएपछि तनाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरमा डेंगु परिक्षण किट सकिएको हो । मकवानपुरमा समस्याका रुपमा देखा परेको डेंगु परिक्षणका लागि स्वास्थ्य कार्यालयमा आएका नागरिक किट नभएपछि तनावमा परेका छन्।

मकवानपुरमा डेंगुको संक्रमण बढेपछि बिरामीहरु दिनहुँजसो स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य संस्थामा गइरहेका छन् । स्वास्थ्य कार्यालयमा मंगलबार डेंगु परिक्षण किट सकिएको सूचना टाँ गरिएको थियो । स्वास्थ्य परिक्षणका लागि पुगेका बिरामीले आफ्नो स्वास्थ्य परिक्षण गर्न नपाएपछि निराश हुनु परेको छ । स्वास्थ्य कार्यालयमा डेंगु परिक्षणको किट सकिदैछ भन्ने जानकारी भएका कर्मचारीले बेलैमा किट व्यवस्थापनमा ध्यान नदिँदा बिरामीलाई समस्या भएको हो ।

दैनिक कार्यालय आउँने र नागरिकलाई सेवा दिएरमात्र फर्कने गरेका स्वास्थ्यकर्मीले किट व्यवस्थापनमा वेवास्ता गरेका कारण डेंगु परिक्षणमा समस्या भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरमा उपलब्ध रहेको ५ सय ९५ किट सकिएपछि समयमै व्यवस्थापनमा ध्यान नदिएकै कारण अहिले बिरामीलाई समस्या भएको हो । समयमै व्यवस्थापन गर्नुपर्ने किट व्यवस्थापनमा कार्यालयका कर्मचारीले ध्यान नदिँदा बिरामीले समस्या झेल्नु परेकाले लापरवाही गर्ने कर्मचारीमाथि कारवाही गर्नुपर्ने आवाज पनि बिरामीले उठाएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*