अन्धविश्वास
यस्तो अन्धविश्वास, महिनावारी र सुत्केरी महिलालाई खान दिइदैन दूध दही
मकवानपुर । महीनावारी र सुत्केरी महिलालाई दूध दही खान नदिने चलन सुन्दा झट्ट विश्वास गरिहाल्न सकिदैन । तर, यथार्थ यो हो की हाम्रो देश नेपालको बाजुरा जिल्लामा यो चलन अझै कायमै छ ।
महिलालाई सामान्य अवस्थाभन्दा पनि महीनावारी तथा सुत्केरी भएका बेलामा बढी पोषिलो खाद्यवस्तुको आवश्यकता पर्नेमा त्यसबाट बञ्चित हुनुपरेको पीडा छ । बाजुराको अधिकांश ग्रामीण क्षेत्रमा अहिले यस्तो चलन छ ।
सुत्केरी र महिनावरी भएका महिलाले परम्परागतरुपमा गाईवस्तुलाई छुन नपाइने तथा गोबर पनि प्रयोग गर्न मिल्दैन । महीनावारी भएका बेला गाईवस्तलाई छोएमा सुक्दै जाने, बिरामी हुने र देवीदेउता रिसाउने अन्धविश्वास रहेको छ ।