जबरजस्ती करणीका फरार अभियुक्त सिरहाबाट पक्राउ, असई निलम्बित!

लोकखबर
४ भाद्र २०७६, बुधबार ११:२७

जनकपुरधाम ।  बयान लिने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका जबरजस्ती करणीका अभियुक्त पक्राउ परेका छन् ।

जबरजस्ती करणीका अभियुक्त रहेका राममणी यादवलाई मंगलवार राति सिरहाको माडरबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

त्यस्तै अभियुक्तलाई भगाउन सहयोग गरेको आरोपमा कार्कीका साथिहरु प्रमेश यादव, सूर्यनारायण मण्डल, राजकुमार यादव र रामप्रकाश यादव पनि पक्राउ परेका छन् । उनीहरुमाथि सार्वजनिक अपराधको मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

एक हप्ता अघि बयानको क्रममा कार्की फरार भएका थिए । लापर्वाहीको कारण अभियुक्त फरार भएपछि प्रहरी सहायक निरीक्षक (असई) राज कुमार भण्डारीलाई निलम्बन गरिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका -८ बलुवा टोलमा डेरा लिई बस्दै आएका सिरहाका २० वर्षीय राममणी यादव डेरा नजिकै बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी हिरासतबाटै थुनुवा यादव फरार भएको घटना छानबिनका लागि प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली समेत गठन भएको थियो । देशसञ्चारबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*