पत्रकार आत्महत्या प्रकरण :

रवि लामिछाने पत्नी निकिताको जाहेरी यसकारण प्रहरीले दर्ता गरेन, चितवनमा जान सुझाव ।

लोकखबर
४ भाद्र २०७६, बुधबार १६:४४

काठमाडौं । आफ्ना श्रीमान् रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रकृया अघि बढाएपछि श्रीमती निकिता पौडेलले दिएको जाहेरी प्रहरीले लिन मानेन ।

चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज डटकम अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन्।

महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेकी पौडेललाई जाहेरी दर्ता गर्न चितवन जान भनिएको जनाइएको छ ।

घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले चितवनमै पुगेर जाहेरी दिन सल्लाह दिइएको प्रहरी उपरीक्षक अशोक सिंहले बताए।

पौडेलले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडिओ कीर्ते गरेको आरोप लगाएकी छिन् ।

न्यूज २४ मा सिधाकुरा जनतासंग कार्यक्रममा काम गरेका पत्रकार पुडासैनी पछिल्लो समय माउन्टेन टेलिभिजनको मिसन न्यूज नामक कार्यक्रममा काम गर्न थालेका थिए । पत्रकार पुडासैनीले साउन २० गते भरतपुरको होटल कंगारुमा आत्महत्या गरेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*