भीमफेदीमा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

लोकखबर
११ भाद्र २०७६, बुधबार १९:३२

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेका सहकारीलाई कार्यकुशलता तथा सिकाई व्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठी आज भएको छ ।

भीमफेदी गाउँपालिका ६ स्थित महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्यशालामा गाउँपालिकामा रहेका विभिन्न ११ वटा सहकारीका व्यवस्थापकको सहभागिता थियो ।

कार्यशालाका पमुख अतिथी गाउँपालिका अध्यक्ष हिदम लामाले समृद्दिका लागि गाउँगाउँमा सहकारीले खेलेको भूमिकाका प्रशंसा गरे । उनले सरकारसंगै विकास तथा समृद्दिको यात्रामा सहकारीले भूमिका निर्वाह गरिरहेको बताए । ग्रामीण क्षेत्रका चेतनाको अभावमा पिछडिएका नागरिकमा जागरण ल्याउँने काम सहकारीमार्फत भएको आफूले पाएको उल्लेख गर्दै अध्यक्ष लामाले स्थानीय तहमा विकासका लागि सहकारीसंग सहकार्य गर्न तयार रहेको पनि बताए ।

कार्यशालमा जिल्ला समन्वय समिति मकवानपुरका उप प्रमुख भगवती पुडासैनी, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका कमलराज अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

सहकारीलाई व्यवस्थित गर्दै संचालनका लागि प्रभावकारी हुने उद्देश्यले कार्यशाला आयोजना गरिएको आयोजक महिला जागृती बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कोपिला थापाले बताइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*