क्षेत्र नम्बर १ मा खनाल र २ मा सापकोटा चयन

लोकखबर
२० भाद्र २०७६, शुक्रबार १७:१४

नेपाली काङ्ग्रेस मकवानपुरको आज बसेको बैठकले पार्टी मकवानपुरको प्रतिनिधिसभा अन्तर्गत क्षेत्र नम्बर एकको सभापतिमा दामोदर खनाल र क्षेत्र नम्बर दुईको सभापतिमा यतिराज सापकोटालाई चयन गरेको छ । कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि कृष्णप्रसाद न्यौपानेको रोहबरमा बसेको जिल्ला कार्यसमितिको बैठकले स्थानीय तह पुर्नसंरचनाको अन्तरिम निर्देशिका २०७६ बमोजिम निर्णय गरिएको जनाइएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा साविक १ नम्बर क्षेत्रीय सभापति खनाल र ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई मध्ये बढी कार्यकाल क्षेत्रीय सभापति भएका खनाललाई प्रतिनिधिसभा क्षेत्र नम्बर एकको सभापतिमा चयन गरिएको केन्द्रीय प्रतिनिधि न्यौपानेले बताए ।
प्रतिनिधिसभा क्षेत्र नम्बर दुईमा साविक २ नम्बर क्षेत्रीय सभापति सापकोटा र ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान मध्येबाट भुगोल, क्रियाशिल सदस्यता र क्षेत्रीय प्रतिनिधिको आधारमा सापकोटालाई क्षेत्र नम्बर २ प्रतिनिधिसभा सभापतिमा चयन गरिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*