भीमफेदी गाउँपालिकाको ४१ कोठे भवन शिलान्यास

लोकखबर
२५ भाद्र २०७६, बुधबार १४:४४

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको कार्यालय भवन आज शिलान्यास गरिएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भीमफेदी वडा नम्बर ६ मा बजारमा भवन शिलायान्स गरेका हुन् ।

आगामी आर्थिक वर्ष २०७७ भित्र निर्माण कार्य सम्पन्न हुने गरी शिलान्यास गरिएको भवन साँढे तीन तलाको भवन ४१ कोठे हुने छ । भवन चार करोड बाह्र लाख ८२ हजार रुपिया लागतमा आर.एण्ड सी/नेचुरल जेभीले निर्माण गर्ने गाउँपालिकाका इन्जिनियर नवीन यादवले जानकारी दिए ।

भवन शिलान्यास समारोह भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको हो । समारोहमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, गाउँपालिका उपाध्यक्ष पार्र्वती राना, गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत जीवन कुँवर लगायतको आतिथ्यता थियो । भवन शिलान्यास समारोह गाउँपालिकाका सूचना अधिकारी बद्रीप्रसाद सापकोटाले सञ्चालन गरेको थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*