रवि लामिछानेका विषयमा हेटौंडामा सुनुवाई हुदै

लोकखबर
२६ भाद्र २०७६, बिहीबार ०९:३३

मकवानपुर । संचारकर्मी रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग सहित उच्च अदालत पाटनमा परेको निवेदनमाथि आज सुनुवाई हुदैछ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कडेल तथा अर्की आरोपित अस्मिता कार्कीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने माग राख्दै नेपाल सरकारको तर्फबाट उजुरी परेको हो ।
चितवन जिल्ला अदालतले गत भदौ ९ गते आरोपित लामिछानेलाई ५ लाख धरौटी, कडेललाई ३ लाख धरौटी तथा कार्कीलाई साधारण तारेखमा हिरासत बाहिरनै बसेर मुद्दा लडन मिल्ने गरि आदेश दिएको थियो ।

चितवन जिल्ला अदालतको फैसलालाई बदर गरी थुनामै राखेर अनुसन्धान गर्न नेपाल सरकारको तर्फबाट निवेदन परेको हो ।
धरौटीमा छाडिएका सञ्चारकर्मी लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै दिएको निवेदनमा हेटौँडा इजलाशले चितवनमा भएको आदेशको प्रतिवेदन माग गरेको थियो ।

उच्च अदालत पाटन, हेटौंडा इजलाशमा आज रविका विषयमा के कस्तो सुनुवाई होला भन्नेमा धेरैको चासो छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*