आजबाट यस कारण चल्दैनन् सिस्नेरी हुदै काठमाडौ चल्ने सवारी

लोकखबर
२७ भाद्र २०७६, शुक्रबार ०९:२८

मकवानपुर । मकवानपुरको हेटौँडाबाट सिस्नेरी हुदै काठमाण्डौ जाने सडक मर्मत गर्न आज शुक्रबारदेखि बन्द भएको छ । सिस्नेरीबाट संचालन हुने सडकमा सवारी साधन संचालनमा रोक लगाएपनि सवारी साधन फाखेल हुदै हेटौंडा– काठमाडौं गर्ने आवात गर्ने सिस्नेरी प्रहरीले जनाएको छ।

नेपालीहरुको मुख्य पर्व दशैं तिहारमा आवात जावत गर्न यात्रुलाई सहजताका लागि सडक मर्मत तथा सरसफाईको कार्य गर्न सवारी साधन संचालनमा रोक लगाइएको प्रहरी सहायक निरिक्षक कृष्णप्रसाद आचार्यले लोकखबर डटकमलाई जानकारी दिए । उनका अनुसार सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौंको सिमानासम्म करिब नौ किलोमिटर सडक मर्र्मत तथा सरसफाईको कार्य गरिने छ । करिब तीन दिनमा सडक मर्मत तथा सरसफाई सकिने उनले जनाएको छ ।

सडक मर्मत तथा सरसफाई कार्य स्थानीय जयराम डिमडुङको नेतृत्वको समितिले गरिरहेको हो । सडक मर्मत तथा सरसफाई कार्य इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ को समन्वयमा भइरहेको जनाइएको छ ।
हेटौंडाबाट काठमाडौंबाट चल्ने सवारी साधन संचालनमा रोक लगाईए पनि स्थानीय सवारी भने संचालन भइरहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*