सिर्जनशीलको १९ औं वार्षिकोत्सव

पूर्व अध्यक्ष र महिला स्वयम्सेविका सम्मानित
लोकखबर
३१ भाद्र २०७६, मंगलवार १३:३८

मकवानपुर । मकवानपुरका भीमफेदी गाउँपािलका वडा नम्बर ७, कोगटेस्थित सिर्जनशील महिला बचत तथा सहकारी संस्थाले बार्षिकोत्सव मनाएको छ ।

बार्षिकोत्सवका अवसरमा सहकारीका पूर्व अध्यक्षहरु सान्ता रानामगर, सानुमाया ठाडामगर, कान्छीमाया पिठाकोटे र सीता घलान सम्मानित भएका छन् । सम्मानित पूर्व अध्यक्षहरुलाई घडी तथा मायाको चिनो प्रदान गरियो ।

यस्तै, बार्षिकोत्सवका अवसरमा आयोजित बक्तृत्वकलामा लालीगुराँस महिला समूह प्रथम, ऋषेश्वरी महिला समूह द्वितिय र बहुउद्घेश्यीय जनजागरण महिला समूह तेस्रो र नमूना महिला समूह चौथो भए । प्रतियोगितामा विभिन्न ८ वटा महिला समूहले भाग लिएका थिए ।
प्रतियोगिताका विजयीहरुलाई पुरस्कार स्वरुप घडी प्रदान प्रदान गरिएको सहकारीका व्यवस्थापक सानुकान्छी  सिंजालीले जानकारी दिइन् । कार्यक्रमका अवसरमा वडाका नौ जना महिला स्वयम् सेविकालाई सम्मान गरिएको छ ।

भीमफेदी गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य बिमलादेवी स्याङतानको प्रमुख आतिथ्य तथा वडा सदस्य कुलबहादुर योन्जनको विशीष्ट आतिथ्य, शेयर एण्ड केयरका कृष्ण श्रेष्ठ, स्थानीय विद्यालय, स्वास्थ्य चौकीका जन प्रतिनिधी लगायतको उपस्थिती थियो । बार्षिकोत्सव कार्यक्रम सहकारीका उपाध्यक्ष आशा चुनीको अध्यक्षतामा भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*