मकवानपुरगढीमा टोल विकास संस्था परिचालन तथा सशक्तीकरण कार्यक्रम

लोकखबर
३१ भाद्र २०७६, मंगलवार १४:४०

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ४ मा टोल विकास संस्था परिचालन तथा सशक्तीकरण कार्यक्रम सुरु भएको छ ।
हामी सक्छौं नेपालको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको सहयोग तथा समन्वयमा तालिम सुरु भएको हो ।

गाउँपालिकामा गठित दश वटा टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यको सहभागितामा तालिम भएको हो । कार्यक्रममा टोल विकास संस्थाको आवश्यकता, महत्व, काम, कर्तव्य र अधिकार, सामाजिक विकास, नेतृत्व विकास, उद्घोषण, माइन्युट लेखन लगायतका बिषयमा सहजीकरण गरिएको जनाइएको छ ।

आयोजक संस्थाका अध्यक्ष शिवहरी दहालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गापा ४ नं वडा अध्यक्ष रामप्रसाद तिमिल्निाको प्रमुख आतिथ्यता थियो । तालिममा रिपेश दाहाल, सागर लम्साल तथा अभि मैनालीले सहजीकरण गरिरहेको हामी सक्छौं नेपालका उपाध्यक्ष किशन घिसिङले जानकारी दिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*