भीमफेदीमा भिटामिन ए र जुकाको औषधि वितरणका लागि तयारी पूरा

लोकखबर
१ कार्तिक २०७६, शुक्रबार १०:३८

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा भिटामिन ए र जुकाको औषधि वितरणका लागि आवश्यक तयारी गरेको छ ।

गाउँपालिकाको एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्य चौकी, एक स्वास्थ्य इकाइ तथा विभिन्न सार्वजनिक स्थलमा भिटामिन ए वितरण शिविरमार्फत कार्यक्रम गर्न थालिएको पालिकाका स्वास्थ्य संयोजक ध्रुवप्रसाद लामिछानेले जानकारी दिए ।

महिला स्वास्थ्य स्वयम् सेविका भीमा मोक्तानले गाउपालिकाको नौ वडामा रहेका ४७ जना महिला स्वास्थ्य स्वयम् सेविकाले स्वास्थ्य संस्था बाहेक ४१ सार्वजनिक निकाय र गाउँघर क्लिनिकमा भिटामिन ए र जुकाको औषधि वितरणको तयारी भएको भीमफेदीका स्थानीय सञ्चारकर्मी सुरेन्द्र थिकेले जनाएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*