अवैध चाँदी सहित एक जना पक्राउ

लोकखबर
४ कार्तिक २०७६, सोमबार १६:३०

मकवानपुर । मकवानपुर प्रहरीले भन्सार छलि ल्याएको अवैध चाँदीको गरगहना सहित एकजनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाबाट प्रहरी सहायक निरीक्षक जय बहादुर प्रधानको कमाण्डमा खटी गएको टोलीले हेटौंडा २ देविपथमा ना १४ प २८३६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको सिट र ट्याङकिमा लुकाई ल्याएको अवस्थामा पाउजु ७१६ तोला, सिक्का ८४ तोला, बाला, ताबिज र कडी ६५ तोला , चम्चा ६५ तोला, थाली, आशन र बासुरी ११८ तोला, चावि रीङ १२२ तोला, सिन्दुर दानी ५४ तोला, मुर्ति १९१ तोला गरी जम्मा चादीँ १ हजार ४ सय १५ तोला चाँदी सहित भारतको मोतिहारी आदपुर,हरपुर ५ बस्ने वर्ष १८ को राकेश कुमार सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र चाँदीको गरगहनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगंज पर्सा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*