निमोनिया के हो ?

लोकखबर
३० कार्तिक २०७६, शनिबार ०६:२२

तथ्यांकका अनुसार निमोनियाका कारण हरेक वर्ष करिब १६ लाख बालबालिकाको मृत्यु हुने गरेको । यस्तै निमोनियाबाट प्रति वर्ष विश्वभर १५ करोड ५० लाख बालबालिका बिरामी पर्ने गरेका छन् ।
फोक्सोमा संक्रमण हुनु नै निमोनिया हो । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हाले हुन्छ । कडा निमोनियाले मृत्यु पनि हुन सक्छ ।

निमोनियाबाट बालबालिकालाई कसरी जोगाउँने जानी राखौं ।
– बच्चा जन्मिएको ६ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्छ । अनि त्यसपछि मात्र आमाको दुधको साथै थप खाना खुवाउने ।
– आवश्यक सबै खोप नियमित रुपमा लगाउने ।
– स्वास्थ्य तथा सरसफाईमा विशेष ध्यान पुर्‍याउँने। जस्तै- नियमित हात धुने, शुद्द खानेपानी पिलाउने ।
– आफू धुमपान नगर्ने । बालबालिकालाई धुँवा तथा धुलोबाट जोगाउने ।
निमोनियाको समस्या भएमा समयमै स्वास्थ्य संस्थामा लगी उपचार गराउँनुपर्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*