वनमाथिको तेहेरो कर विरुद्द प्रदर्शन हुदै

लोकखबर
३ मंसिर २०७६, मंगलवार ०८:०८

मकवानपुर । सरकारले सामुदायिक वनमा लगाएको तेहेरो कर विरुद् हेटौडामा आज विरोध प्रर्दशन हुदैछ ।
सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर र र महासंघ प्रदेश तीन ले संयुक्त बैठक बसी आज हेटौंडामा विरोध  र्‍यालीको आयोजना गर्ने निर्णय गरेका हुन ।
विरोध कार्यक्रममा महासंघले सबै सामुदायिक वन उपभोक्तालाई व्यानर सहित उपस्थित हुन आग्रह गरेको छ । महासंघ प्रदेश नं. ३ की कोषाध्यक्ष निर्मला न्यौपानेले सरकारले सामुदायिक वनमाथि अनावश्यक कर लगाएको भन्दै फिर्ता लिन आग्रह गरिन् । स्थानीय उपभोक्ताको अथक मेहनत र परिश्रमबाट सामुदायिक वनको विकास भएको उनको भनाई छ । जनताको संरक्षणबाट विकास भएको सामुदायिक वनमाथि सरकारले तेहेरो कर लगाउने कार्य आफूहरुलाई मान्य नहुने उनले बताइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*