फुर्केचौरमा प्राविधिक शिक्षालय बनाउन आजबाट महायज्ञ

लोकखबर
३ मंसिर २०७६, मंगलवार ०८:१९

मकवानपुर । मकवानपुरको हेटौंडा १८ फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई नेपालकै नमुनाको प्राविधिक शिक्षालयका रुपमा विकास गर्ने उद्घेश्यले आजबाट श्रीमतद्भागवत् महापुराण ज्ञान महायज्ञ सुरु हुदैछ ।

आज विहान १० बजे शोभा कलशयात्रा हुने महायज्ञको दिउशो प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने तयारी गरिएको छ ।

मंसिर ४ गतेबाट १० गतेसम्म दैनिक १०ः३० बजेदेखि ४ः४० सम्म संगीतमय प्रवचन झाकीसहित भक्तीसंगीत हुने जनाइएको छ ।

प्रदेश ३ कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ महायज्ञ मुल समारोह समित अध्यक्ष रहेको र महायज्ञबाट संकलित रकमबाट बचाएर १ करोड रुपैया संचित गर्ने लक्ष्य रहेको आयोजकको जनाएको छ । महायज्ञमा वाचन पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्नेछन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*