कन्सोर्टियम केन्द्रिय सदस्यमा मकवानपुरका खतिवडा
मकवानपुर । बालसहभागितामा कार्यरत सस्थाहरुको साझा समूह (कन्र्सोटियम) नेपालमा मकवानपुरका बालअधिकारकर्मी प्रकाश खतिवडा केन्द्रियमा चुनिएका छन् ।
समूहको बीसौं साधारणसभाबाट खतिवडा केन्द्रिय सदस्यमा चुनिएका हुन् । बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक तथा बालिका दुलही होइनन्, राष्ट्रिय संजालका उप संयोजक रहेका खतिवडाले कन्सोर्टियममा केन्द्रिय सदस्यमा चुनिएपछि बालअधिकारका क्षेत्रमा निरन्तर लागिपर्न थप जिम्मेवारी आएको बताए । ‘कन्सोर्टियममा केन्द्रिय सदस्यमा चुनिएपछि जिम्मेवारी थप भएको महसुस भएको छ ।’ उनले भने,‘विगतमा झैं बालअधिकारका सवालमा निरन्तर लागिपर्नका लागि मलाई थप हौसला मिलेको छ ।’
समूहको अध्यक्षमा किरण थापालाई चुनिएका छन् । उपाध्यक्षमा मोहन दंगाल, महासचिवमा सन्तोष महर्जन, सचिवमा प्रदीप कुमार लामिछाने कोषाध्यक्षमा देवी रेग्मी चयन भएका छ्न् । सदस्यहरुमा बृजमोहन कुशवाह, उषा विक, अनिता पाण्डे, गंगा गुरुङ र शालिकराम पाण्डे चयन भएका छन् । साधारणसभाले प्रदेश नम्बर १ मा स्वास्तिका पोख्रेल, २ मा कोपिला कुमारी तिमल्सिना, ३ मा प्रकाश बासी, गण्डकी प्रदेशमा दीपक शर्मा, ५ मा बद्रीप्रसाद सुवेदी, कर्णाली प्रदेशमा लक्ष्मी भट्टराई र सुदूरपश्चिम प्रदेशमा जयवहादुर विश्वकर्मालाइ चयन गरेको छ ।