अपराध

मोटरसाइलको ट्याङ्की मुनि लुकाइएको चरेशसहित दुईजना पक्राउ

लोकखबर
१६ मंसिर २०७६, सोमबार १६:३९

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २, भैसेमा मोटरसाइकलको ट्याङ्की मुनिका गाँजा लुकाएको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

पालुङबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प ८७८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट, ट्याङ्की मुनी फल्स बटम बनाई लुकाएर लैजान खोज्ने दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारत बिहार मोतिहारी सिसुवा ग्राम वडा नम्बर २ का पच्चिस वर्षिय राजेश यादव र मोग्लेसपुरका अठार वर्षिय ऋषि कुमारयादवलाई लुकाइ राखेको पच्चिस किलो चरेश सहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

भीमफेदी गाउँपालिका वडा नम्बर २ भैसैंस्थित प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक दिलिपकुमार सिंहको कमाण्डमा खटिएको लागुऔषध चरेशसहित पक्राउ परेकामाथि अहिले आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*