मनहरी गाउँपालिकामा नेकपाको प्रशिक्षण , माधव नेपाल सहितका नेता आउँदै

लोकखबर
२० मंसिर २०७६, शुक्रबार ०७:१८

मकवानपुर । पूर्व प्रधानमन्त्री एबम् नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल आज मकवानपुरको मनहरी आउँदै छन् ।

नेपाल कम्युनिष्ट पार्टी मनहरी गाउँ कमिटीले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेता नेपाल आउन लागेका हुन् ।

प्रशिक्षण आज र भोलिन दुई दिन हुदैछ । नेपाल कम्युनिष्ट पार्टीले गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

आवासीय प्रशिक्षणमा नेकपामा केन्द्रिय स्तरका नेताहरु सहभागी हुने तयारी रहेको नेकपा मकवानपुरका सचिवालय सदस्य नवीन सुवेदीले जानकारी दिए ।
नेताहरु सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य विरोध खतिवडा, प्रदेश कमिटीका सदस्य ओमबहादुर ग्लान, एकराज उप्रेती, नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल, जिल्ला सचिव प्रेमबहादुर पुलामी लगायत नेता प्रशिक्षणमा सहभागी हुने जनाइएको छ ।

प्रशिक्षण मनहरी गाउँपालिका वडा नं ७ रमौलीस्थित सामुदायिक लजमा हुनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*