टीसीएन रोडमा सवारी संचालनमा रोक

लोकखबर
२७ मंसिर २०७६, शुक्रबार ०९:४९

मकवानपुर । मकवानपुरको हेटौंडा १० टिसिएन रोडमा सवारी संचालनमा अहिले स्थानीयले अवरोध पुर्‍याएका छन् । निर्माण भइरहेको सडकको निर्माण कार्य रोकिएका कारण सडकमा असुरक्षा बढेकाले सवारी साधन संचालनमा रोक लगाउनु परेको स्थानीयले बताएका छन् । निर्माण भइरहेको सडकको निर्माण कार्य छाड्दा धुलो उड्ने, सडकका ढुंगा उछिट्टिएर पेटीमा हिड्न समेत समस्या भएको भन्दै आफूहरु संघर्षमा उत्रिनु परेको स्थानीय व्यवसायी लालकाजी बज्रचार्यले जानकारी दिनुभयो । अख्तियारका कारण सडक निर्माण कार्य रोक्नुपरेको हेटौंडा उपमहानगरपालिकाले बताएपनि आफ्नो टोलको सडकका लागि आएको बजेट अन्तै पठाइएको भन्दै स्थानीयले विहान ८ बजेबाट सडकमा कुनै पनि सवारी साधन छिर्न नदिएका हुन् । सडक निर्माण कार्य सुरु नगरेसम्म आफूहरुले टीसीएनरोडमा सवारी साधन चल्न नदिने स्थानीयले बताएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*