आजबाट देशभर मौसम सामान्य

लोकखबर
२ पुष २०७६, बुधबार ०९:०८

मकवानपुर । आज दिउँसो र राति देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता मुलुकमा बढेको जाडो मौसममा आजबाट सुधार आउने महाशाखाले जनाएको छ । आज देशभरको मौसम सामान्य रहने जनाइएको छ ।

अब नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण मुलुकको पूर्वी भूभागमा आंशिक बदली रही पश्चिम र मध्य तराईका केही स्थानमा हुस्सुरकुहिरो लागेको छ ।
पश्चिमी वायुको प्रभावले मुलुकको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुनुका साथै मुलुकभर सामान्य वर्षा हुँदा जाडो बढेकोमा आजबाट सामान्य हुने महाशाखाले जनाएको छ ।

मुलुकभरी तापक्रम घट्ने क्रम जारी रहेका बेला आज (बुधबार) बिहान काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै कम ३.७ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*