नागरिकको शिक्षा, स्वास्थ र खाद्य अधिकार सम्बन्धि प्रदेशस्तरीय अन्तरक्रिया

लोकखबर
१५ पुष २०७६, मंगलवार २०:५१

मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश ३ कार्यालयले आज मंगलबार मकवानपुरको हेटौंडामा नागरिकको शिक्षा, स्वास्थ र खाद्य अधिकार सम्बन्धि प्रदेशस्तरीय अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा नागरिकको मौलिक अधिकार रक्षा गर्न प्रदेश र स्थानीय सरकारले प्रतिबद्धता जनाएका छन् । संबिधानले प्रत्याभुत गरेको नागरिकका मौलिक अधिकार रक्षा गर्न प्रदेश र स्थानीय सरकार प्रतिवद्ध भएका हुन् ।
प्रदेश साँसद, प्रदेश नीति तथा योजना आयोगका सदस्य, प्रदेशस्तरीय मन्त्रालयका सचिव तथा स्थानीय तहका जनप्रतिनिधीहरुले नागरिकको मौलिक अधिकारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।

कार्यक्रममा प्रदेश ३ को नीति तथा योजना आयोगका कार्यबहाक उपाध्यक्ष श्यामकुमार बस्नेतले नागरिकको सबैखाले अधिकार सुनिश्चितता संगै कर्तव्यबोध पनि गराउनुपर्ने बताए । शिक्षा, स्वास्थ तथा खाद्य अधिकार नागरिकको मौलिक अधिकारभित्र पर्ने भएकोले अधिकारको रक्षा गर्दै प्राप्तीका लागि नागरिकको कर्तव्य केहो भन्ने कुरामा पनि छलफल गर्नु आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश साँसद प्रेमबहादुर पुलामीले नागरिकका हक अधिकारका लागि थुप्रै कानुनहरु निर्माण भएका र निर्माणको क्रममा पनि रहेको भन्दै बनेका कानुनको कार्यान्वयन भए नभएको पनि ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेश ३ सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख दिपेन्द्र सुवेदीले नागरिकको शिक्षा, स्वास्थ र खाद्य अधिकारलाई प्राथमिकतामा राखेर कायृक्रमहरु अघि बढाएको बताए । मन्त्रालयले नागरिकको स्वास्थलगाई सुनिश्चित गर्न मुख्यमन्त्री जनता स्वास्थ योृजना, एक बिद्यालय एक नर्स, जिल्ला अस्पताल सुदृढिकरण कार्यक्रम, सरसफाई सम्बन्धि प्रदेशस्तरीय कार्यक्रम, शिक्षामा सबै नागरिकको पहुँच पु¥याउन सामुदायिक बिद्यालयमा बस वितरण, गुणस्तरीय शिक्षाको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताए । प्रदेशलाई बाल बिबाहमुक्त प्रदेश बनाउन तयारी कार्यक्रम पनि अघि बढाएको बताए । यसैगरी कृषितर्फ बिषदीरहीत तरकारी खेतीको लागि प्रोत्साहन कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले उपमहानगर भित्रका नागरिकका लागि हरेक वडामा स्वास्थ केन्द्र स्थापना, पाटन अस्पतालसंगको सहकार्यमा बृद्धबृद्धाको लागि घरदैलो उपचारसेवा, बिषादी रहीत करेसा खेती, क्षयरोगी पत्ता लगाउन हेल्थ क्याम्पजस्ता कार्यक्रमहरु गर्दै आएको बताइन् ।

यस्तै विपन्न नागरिकका लागि निशुल्क स्वास्थ बीमा, शिक्षामा सहजताका लागि सामुदायिक बिद्यालयमा बस सेवा सञ्चालन जस्ता कार्यक्रमहरु उपमहानगरले गर्दै आएको र नागरिकको सबै अधिकारलाई प्राथमिकताका साथ पुरा गर्ने उप प्रमुख लामाले बताईन ।

कार्यक्रममा मनहरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्णभद्र खनालले मनहरीमा करीब ३० जना बालबालिका अझैपनि शिक्षाको पहुँच बाहिर रहेको बताए । विभिन्न कारणले उनीहरुलाई बिद्यालयमै टिकाइराख्न समस्या परिरहेको खनालले वताए । कार्यक्रममा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रविण श्रेष्ठले स्वास्थकर्मीको अभावमा राज्यले तोकेको सेवा प्रदान गर्न समस्या रहेको बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका स्वास्थ संयोजक सुपेन्द्र कार्की, कृषि शाखा संयोजक रुपा खतिवडा, सिविनका कार्यक्रम संयोजक झविन्द्र ज्ञवाली, अस्मिता नेपालकी आरती पाठक लगाएतले बोलेका थिए ।

कार्यक्रम इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमको अध्यक्षतामा भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*