आजबाट अंग्रेजी नयाँ वर्ष २०२० सुरु, भ्रमण वर्ष सुभारम्भ हुदै

लोकखबर
१६ पुष २०७६, बुधबार ०६:३९

मकवानपुर । आज (बुधबार) बाट अंग्रेजी नयाँ वर्ष २०२० सुरु भएको छ । विक्रम संवत भन्दा करिब ५६ बर्ष कान्छो मानिने इस्वी संवतको पहिलो दिन नयाँ बर्षको रुपमा संसारभर मनाइँदैछ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा आजबाट नेपालमा ‘नेपाल भ्रमण वर्ष २०२०’ सुभारम्भ गरिदैछ । काठमाडौंको दशरथ रंगशालामा भव्य समारोह बीच भ्रमण वर्ष २०२० उद्घाटन हुदैछ । करिब २० लाख पर्यटक भित्राउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अंगका रूपमा स्थापित गर्ने लक्ष्यसहित काठमाडौँसहित सातै प्रदेशमा एकैपटक औपचारिक उद्घाटन कार्यक्रम हुदैछन् ।

भ्रमण वर्ष बेलुका ४ बजेदेखि सुरु गर्ने तयारी छ । उद्घाटन कार्यक्रम राती पौने ८ बजेसम्म जारी रहनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन समारोहमा भ्रमण वर्षको सुरुवात भएको घोषणा गरेसँगै यसको सुरुवात त्यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको आग्रहसहित विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुख, सातै प्रदेशका मुख्य मन्त्री, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, चर्चित कलाकार र दर्शकको सहभागितामा हुनेछ ।

भ्रमण वर्ष देशको अभियान भएकाले यसको स्वागतमा उद्घाटनका दिन आज बुधबार देशैभर दीपावली गर्न सरकारको आग्रह छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*