राजधानीका विषयमा नेकपामा तनाव भएपछि मुख्यमन्त्री काठमाडौंमा छलफलमा

लोकखबर
२२ पुष २०७६, मंगलवार ११:१२

मकवानपुर । मकवानपुरको हेटौंडालाई प्रदेश राजधानी बनाउँने विषयमा पार्टी सचिवालयले गरेको बैठकको निर्णय नमान्ने चेतावनी दिन थालेपछि आफैले गरेको निर्णयले नेकपा शीर्ष नेतृत्वलाई तनाव भएको छ ।

पार्टीको शाखको सवाल रहेको नेकपा सचिवालयको निर्णय अनुसार नै प्रदेशसभाबाट प्रदेश ३ को नाम र राजधानीका विषयमा टुंगो लगाउँन नेकपाका शीर्ष नेताहरुबिच आज काठमाडौंमा छलफल गर्न थालिएको बताइएको छ ।
काठमाडौंमा हुने छलफलका लागि मुख्यमन्त्री डोरमणी पौडेल र पार्टीका प्रदेश इन्चार्ज समेत रहेकी प्रदेश सांसद अष्टलक्ष्मी शाक्य लगायत सहभागी छन् ।

हिजोको प्रदेशसभा बैठकमा धारणा राखेका मुख्यमन्त्री नेकपाको निर्णयलाई सहज ढंगले कार्यान्वयन गर्न आपसमा सहमती जुटाउँनका लागि काठमाडौं गएको बुझिएको छ । सहमती कायम भएपछि मात्रै राजधानी तथा नामको विषयलाई प्रदेशसभामा प्रकृया अगाडी बढाउँने तयारी गरिएका कारण नेकपा संसदीय दलको आज बस्ने भनिएको बैठक पनि अनिश्चित बनेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*