सेक्स टेप सार्वजनिक भएपछि प्रशिक्षक निलम्बित

लोकखबर
२३ पुष २०७६, बुधबार ०७:१६

स्पेनिस फुटबल क्लब मालागाले प्रशिक्षक भिक्टर सान्चेज डेल एमोलाई निलम्बित गरेको छ । प्रशिक्षक सान्चेजको सेक्स टेप अनलाइन मार्फत बाहिरिएपछि क्लबले उनलाई घटनाको पूर्ण अनुसन्धान नभएसम्मका लागि निलम्बित गरेको हो ।

सेक्स टेप मंगलबार अनलाइनमा सार्वजनिक भएको थियो र सोही दिन बेलुका मालागाले वक्तव्य जारी गरेर प्रशिक्षक सान्चेजलाई निलम्बित गरिएको जनाएको हो ।

पूर्ण अनुसन्धान नभएसम्मका लागि क्लबका गतिविधिमा संलग्न हुन नपाउने गरी प्रशिक्षक सान्चेजलाई निलम्बित गरिएको मालागाले जारी गरेको वक्तव्यमा उल्लेख छ । सान्चेजले पनि आफ्नो सफाइ दिँदै वक्तव्य जारी गरेका छन् ।

४३ वर्षका सान्चेजले आफूलाई ब्ल्याकमेल गरिएको र सामाजिक सञ्जालमा सो भिडियो सार्वजनिक गर्ने भन्दै धम्की आउने गरेको उल्लेख गरेका छन् ।

कुनै पनि व्यक्तिको निजी जीवन कुराहरु स्वीकृति बिना सार्वजनिक गर्नु अपराध रहेको र आफू दुर्व्यवहार र एक्टोर्सनको शिकार भएको उनले उल्लेख गरेका छन् । मालागा अहिले स्पेनिस दोस्रो लेगमा खेलिरहेको छ ।  देशसंचारबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*