नारायणगढ-मुग्लिन सडकबाट यात्रा गर्ने सोचमा हुनुहुन्छ ? यस्तो सूचना छ

लोकखबर
२३ पुष २०७६, बुधबार १०:००

मकवानपुर । के तपाईं नारायणगढ–मुग्लिन सडकखण्डबाट यात्रा गर्ने सोचमा हुनुहुन्छ ? यदि यसो हो भने दिउशोको समयमा तपाईले यो सडक खण्डबाट यात्रा गर्न पाउँनु हुने छैन ।

आज बुधबार र भोलि विहीबार दिउसो सडकखण्डको पहिरो रोकथामका लागि सडक बन्द हुने भएका हुन् ।

सडक आयोजनाले मंगलबार (हिजो) सूचना जारी गर्दै ढुंगा झार्ने तथा रोकथामका अरु काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ ।

गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी काम हुँदै आइरहेको छ ।

दुई हप्ताभित्र पहिरो नियन्त्रणको काम सक्नेगरी काम थालेको भएपनि काम नसकिएपछि दोस्रोपटक समयावधि थप गरिएको हो । सो अवधिमा अत्यावश्यक सवारी साधनलाई प्रवेश दिइनेछ । सडकखण्डको आठ ठाउँमा पहिरो रोकथामको काम भइरहेको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढंगामा रोकिने छन् ।

यस्तै,मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आँबुखैरहनीमा रोकिने आयोजनाले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*