बालबालिकामाथि दुर्व्यबहार रोक्न निर्देशिका जारी

लोकखबर
२३ पुष २०७६, बुधबार २०:४१

मकवानपुर । बालबालिकामाथि बढ्दो दुर्व्यबहारका घटनालाई न्यूनीकरण गर्न निर्देशिका जारी गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिरकणले ‘अनलाइन बालसुरक्षा निर्देशिका , २०७६’ जारी गरेको हो । सूचना तथा संचार प्रविधिको विकाससँगै अनलाइन (बेवसाइट, एप, सामाजिक सञ्जाल) मार्फत बालबालिकाथि बढिरहेको दुर्व्यबहार रोक्नका लागि निर्देशिका ल्याइएको जनाइएको छ ।

निर्देशिकाले दुर्व्यबहार र अनुचित सामग्रीको छानबिन यथाशीघ्र गर्ने प्रणाली स्थापित गर्नुपर्ने व्यवस्था गरेको प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले बताए । दूरसञ्चार सेवा प्रदायकले बाल दुर्व्यबहारजन्य सामग्री तुरुन्त हटाउने प्रणाली विकास गर्नुपर्ने भएको छ ।

प्राधिकरणले पनि कानून कार्यान्वयन निकाय, सेवाप्रदायक तथा अन्य सरोकारवालाहरु समेतको सहभागितामा अनलाइन बाल दुर्व्यबहार घटना उजुरी प्रणाली विकास गरी संचालनमा ल्याउनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*