राजधानी र नामकरणका विषयमा प्रदेशसभामा आज पनि छलफल

लोकखबर
२४ पुष २०७६, बिहीबार ०८:१९

मकवानपुर । प्रदेश ३ को राजधानी तथा नामकरणका विषयको छलफल प्रदेशसभामा आज पनि जारी रहने भएको छ ।

प्रदेशसभा बैठक आज दिउशो ३ बजेका लागि बोलाईको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । सांसद दीपक निरौलाको संयोजकत्वमा गठित सम्भाव्यता अध्ययन समितिले २०७५ असार २६ गते नै पेश गरेको प्रतिवेदनमाथि बुधबार हिजोबाट छलफल सुरु भएको हो ।

राजधानी तथा नामकरणका विषयमा प्रदेशसभा सदस्यबिच मत विभाजन भएको छ । बुधबार हिजो प्रदेशसभामा बोल्ने २१ जना सांसदमध्ये अधिंकाशले हेटौंडा, काभ्रे वा भक्तपुरमा राजधानी राख्नुपर्ने माग गरेका छन् ।

चितवन, मकवानपुर र सिन्धुली जिल्लाका सांसद हेटौंडाका पक्षमा बोलेका छन् भने काभ्रेका सांसदले काभ्रेलाई नै राजधानी बनाउँनु पर्ने माग गरेका छन् ।

प्रदेशसभामा केही सांसद भने राजधानीका विषयमा खुलेर धारणा नराखी जहाँ राखेपनि उपयुक्त आधारमा राख्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*