कफन बाँधेर लडेको समुदायको सम्मानका लागि पनि नेवा:ताम्सालिङ

अशोक सारु मगर
२४ पुष २०७६, बिहीबार ०८:५४

प्रदेशको राजधानी हेटौंडा हुनुपर्दछ । हरेक हिसाबले बलियो आधार रहेको छ । त्यसमा सबैको एकमत बनाउन जरुरी छ । तर नामांकन भने बागमती नै हुनुपर्दछ भन्ने कुरामा सुझबुझसहितको सहमतीका आधारमा निर्णय आउन जरुरी छ ।
हामीले खोजेको संघीयता पहिचान सहितको संघीयता हो । बागमती सभ्यता, पशुपतिनाथ, स्वयंभुनाथको आफ्नै विशिष्ट पहिचान छ । तिनीहरुको नामांकन गरिरहनु पर्दैन । नेवा : ताम्सालिङको आधार बनाएर गणतन्त्र ल्याएको हो, यसभित्र धेरै बिषय समेटेको छ । यो प्रदेशको नामांकन उत्पीडीत समुदाय नेवा :  पहिचान र ऐतिहासको भूगोलका आधारमा नेवा : ताम्सालिङ नामंकन गरिनु उचित हुन्छ । संघीय गणतन्त्रात्मक नेपालको रुपमा पुनर्संरचना गर्दा पनि पहिचान र सामथ्र्यका आधारमा नामंकन गरिनुपर्नेमा एकमत रहेको थियो भने संसदमा स्थायी राजधानी तथा नामांकनको लागि गरिएको अध्ययन कार्यदलले दिएको सुझाव प्रतिवेदनमा संसदमा समेत नेवा :   ताम्सालिङ दर्ता रहेको अवगत नै छ । साथै यहाँका रैथाने र बहुसंख्यक आदिवासीको माग समेत रहेको र देशको हरेक परिवर्तनमा निर्माण हरेक क्रान्ति र आन्दोलनमा अग्रमोर्चामा कफन बाँधेर अधिकारका लागि लडेको समुदायको सम्मानका लागि पनि नेवा :  ताम्सालिङ आवश्यक छ । पहिचान पनि भेटिने द्वन्द्व पनि मेटिने भनेर बहुपहिचानको सहितको नामांकन हुनुपर्नेमा बहुमत शक्ति र हुँकारमा सबैलाई सकाएर पेलेर लैजाने भन्दा पनि सम्मानको लडाईमा लड्दै आएको समुदाय र जातिको जीवन्त ईतिहास जोगाउन र सास्कृतिक विरासतबाट राज्य र सरकार दुवै विश्वभर नेपाली पहिचान भनेर गर्व गर्ने नेवा : ताम्सालिङको पहिचानलाई नामेट पारेर बागमती नै कायम गर्नुपर्दछ भन्ने कुरामा खुल्ला बहस र सुझावलाई मनन गर्नमा नागरिक समाजको समेत बोली आउनुपर्दछ । यसर्थ, बागमती नै बनाउने हो भने पनि सहमतीका आधार र विरोधका स्वरहरुलाई मिलनबिन्दुमा ल्याउने तथ्य र आधारहरु पेश गरेर एकमत र एकता कायम गर्नु सक्नुपर्दछ । अन्यथा, बिना सुझबुझ र अनाहक जातिय पहिचानको नाम भन्दै नेवा :  ताम्सालिङ कायम गर्ने अभियानबाट बाटो मोडेर बागमती नै कायम गरे तत्कालका लागि शक्ति प्रर्दशन गर्न सकौंला दलहरुले तर जनताहरु त्यसको विपक्षमा रहेमा त्यसले दुर्घटना निम्त्याउन सक्छ । यसर्थ, जाती र पार्टीको लडाई होईन बागमतीको नामांकन, मानव सभ्यताको जीवन्त आधार बोकेको र ऐतिहासिक आधार समेत बोकेको तथ्यलाई समेत मनन गर्दे ऐतिहासिक निर्णय गर्न नेपाली नेताहरु १० औ वर्षको द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि विस्तृत शान्ति सम्झौता गरेर दुनिया चकित बनाएको जस्तै गरी सकारात्मक सन्देश दिन सकुन् । जय संघीय नेपाल ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*