नेकपा संसदीय दलको बैठक

हेटौंडाका विषयमा सहमती होला कि ह्वीप लाग्ला ?

लोकखबर
२४ पुष २०७६, बिहीबार १०:२७

मकवानपुर । मकवानपुरको हेटौंडालाई राजधानी तथा बागमती नाम राख्ने विषयमा सहमती जुटाउँन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ संसदीय दलको बैठक अहले बसिरहेको छ ।

बैठक मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसिरहेको सांसद रामेश्वर फुयालले जानकारी दिए । प्रदेशको राजधानीका विषयमा पार्टीका सांसदबिच फरक फरक धारणा आइरहेपनि निर्णयका लागि प्रदेशसभामा जाँदा एकमत भएर जानका लागि संसदीय दलको बैठकले निर्णय लिने बताइएको छ ।

बैठकमा सांसदहरुले प्रदेशको नामाकरणमा खासै कुरा नउठाए पनि प्रदेश राजधानीका विषयमा संसदीय दलको बैठकमा तीन दिनसम्म आफ्ना धारणा राखेका छन् । बाँकी सांसद र नेकपाका प्रदेश कमिटीको नेतृत्व गरिरहेका नेताहरुले यस विषयमा धारणा राखिरहेका छन् । प्रदेशको राजधानी हेटौँडा र नाम बागमती राख्ने विषयमा दोस्रो पटक पार्टी शीर्ष नेतृत्वले निर्देशन दिएपछि अब यो निर्णयलाई कार्यान्वयन गर्ने प्रतिबद्धतासहित नेताहरु हेटौँडा फर्किएका थिए । प्रदेश ३ मा नेकपाको दुई तिहाई बहुमत रहेकाले नेकपाको निर्णय नै अन्तिम हुनेछ । प्रदेशसभा सचिवालयका अनुसार यही पुस २७ गतेभित्र नाम र राजधानीको विषय प्रदेशसभाबाट टुंग्याउने तयारी छ । राजधानीका विषयमा मतदानका बेला केही सांसदले काभ्रेमा राजधानी बनाउनुपर्ने बताउँदै आएकाले फ्लोर क्रस हुनसक्ने भएकाले ह्वीप नै लगाउँनुपर्ने अवस्था आएमा त्यसको पनि तयारी भएको जनाइएको छ ।

प्रदेशसभाबाट हेटौंडा राजधानी बनाउँने विषयमा सहमती गरी ह्वीप लगाउँनुपर्ने अवस्थामा नपुग्न बैठकमा छलफल भइरहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*