नेकपा संसदीय दलको बैठकमा नेताको जिज्ञासाबारे मुख्यमन्त्री पौडेलले जवाफ दिने

निर्णायकशक्ति नै अलमलमा पर्दा हेटौंडा राजधानी टुंगाउँन ढिलाई हुदै
लोकखबर
२५ पुष २०७६, शुक्रबार ०७:४६

मकवानपुर । चौथो पटकसम्म पनि प्रदेश राजधानीका विषयमा निर्णयमा पुग्न नसकी स्थगित हुँदै आइरहेको नेपाल कम्युनिष्ट पार्ट(नेकपा) प्रदश ३, संसदीय दलको बैठक आज पनि बोलाइएको छ ।

बैठक विहान ११ बजे मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बस्नेछ । पटक पटक राजधानीका विषयमा साझा धारणा बनाएर अघि बढ्ने भनिएपनि सांसदहरुका बिचमा सहमती हुन सकिरहेको छैन ।

बैठकमा केही सांसदले पार्टी केन्द्रले गरेको हेटौंडा राजधानी बनाउँने निर्णय नमान्ने अडान लिदै आएका छन् ।

प्रदेश ३ को राजधानी तथा नामकरण टुंगो लगाउने निर्णायक शक्ति नेकपाका सांसदबिच एकमत भएर हेटौंडालाई राजधानी कायम गराउँन संसदमा मत हाल्ने तयारीमा रहेको नेकपा संसदीय दलको बैठक अनिर्णित बन्दै आइरहेको छ ।

बैठकमा चितवन, मकवानपुर, सिन्धुली लगायत जिल्लाका सांसदले पार्टी केन्द्रको निर्णयलाई मान्नुपर्ने धारणा राखेका छन् भने नेकपा प्रदेश ३, इन्चार्ज समेत रहेकी सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे लगायत काभ्रेका सांसद केन्द्रले दिएको निर्देशन नमान्ने चेतावनी दिइ रहेका छन् ।

जारी बैठकमा नेताहरुले राखेको जिज्ञासाबारे मुख्यमन्त्री एवं संसदीय दलका नेता डोरमणि पौडेलले अब जवाफ दिनेछन् ।

अन्तिम सम्म पनि पार्टी केन्द्रले दिएको निर्देशन नमान्ने अवस्था बनेमा सांसदलाई ह्वीप लगाएरै भएपनि प्रदेश राजधानी हेटौंडा तथा नाम बागमतीमा भोट हाल्न लगाइने तयारी भएको जनाइएको छ । विहीबार (हिजो)को बैठकमा प्रदेश ३ का मन्त्री एवं सांसद शालिकराम जमरकट्टेल, अरुण नेपाल,युवराज दुलाल लगायतले पार्टीले गरेको निर्णय मानेर जानुपर्ने बताएका थिए । पार्टीको निर्णयमा असहमती भएपनि अन्तत : पार्टीको निर्णय मान्नुको विकल्प नभएको उनीहरुको भनाई थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*