आन्दोलित विद्यार्थी भन्छन्, ‘हामी चिसोमा अनसन बस्ने, क्याम्पसले वेवास्ता गर्ने ’

लोकखबर
२५ पुष २०७६, शुक्रबार १०:०७

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको शुल्क वृद्धिलगायतका निर्णय फिर्ता लिन माग राख्दै आन्दोलनमा रहेका वद्यार्थी संगठनहरुको मागबारे क्याम्पस प्रशासनले वेवास्ता गरेको गुनासो गरिएको छ ।

क्याम्पसस्थित स्ववियु सभापति कुमार केशीका अनुसार विद्यार्थीको अनसन चल्दा पनि क्याम्पस प्रशासनले चासो देखाएको छैन । यद्यपी वार्ताका लागि पहल गर्न थालेको आफूले सुनेको उनले बताए । बाहिर बाहिरै विद्यार्थीको मागका विषयमा क्याम्पसले वार्ता गर्ने सुन्नमा आएपनि क्याम्पस प्रशासनका तर्फबाट आधिकारिक धारणा आफूहरुले नपाएको सभापति केसीले जानकारी दिए ।
आन्दोलनमा रहेका विद्यार्थीले शुक्रबार (आज) चौथो दिन पनि रिले अनशनलाई जारी राखेका छन् ।

चौथो दिन अनेरास्ववियू क्याम्पस कमिटी अध्यक्ष रामकृष्ण शिवाकोटी, सदस्य मधु रन्जन, स्ववियु सदस्य सौरभ अधिकारी अनसनमा बसेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*