भूकम्प सुरक्षा दिवस मनाईंदै

लोकखबर
२ माघ २०७६, बिहीबार ०७:२१

मकवानपुर । विहीबार (आज) २२ औँ भूकम्प सुरक्षा दिवस । वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । तर दिवस मनाइरहँदा पनि भूकम्पीय जोखिम न्यूनिकरणका कार्यक्रम प्रभावकारी हुन सकेको छैन । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै नौ हजार भन्दा धेरैको ज्यान गएको थियो ।

भूकम्पबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरैको ज्यान पुरातात्विक सम्पदा भत्किएको थियो । भूकम्प गएको चार वर्ष बितिसक्दासमेत पुननिर्माणको काम प्रभावकारी हुन सकेको छैन । नेपाल भुकम्पको जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको छ । नेपालमा हरेक ८० देखि १ सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केलको भूकम्प जाने गरेको पाइन्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*