मौसम

आजदेखि वर्षा रोकिने

लोकखबर
५ माघ २०७६, आईतवार ०८:१६

मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार(आज) देखि देशभर हिमपात तथा हिउँदे वर्षा रोकिने जनाएको छ ।

आइतबार (आज) बाट हिमपात तथा वर्षात् गराउने पश्चिमी न्यून चापीय प्रणाली बाहिरिसकेकाले मौसम सुधार आउँने मौसमविद् वरुण पौडेलले जानकारी दिए । मौसमविद् पौडेलका अनुसार पूर्व र पश्चिमका पहाडी तथा हिमाली भेगमा भने आज पनि मौसम बदली हुने सम्भावना छ ।

उनका अनुसार पूर्व तथा सुदूरपश्चिमका पहाडी भेगका अझै एक/दुई स्थानमा वर्षा र उच्च हिमाली भेगका एक/दुई स्थानमा हिमपात हुनसक्ने सम्भावना छ ।
उनका अनुसार काठमाडौं उपत्यकालगायत मध्य क्षेत्र पूरै -तराई-पहाड र अन्य क्षेत्र -पूर्व-पश्चिमका तराई भूभागमा आज सामान्यतया मौसम सफा रहने देखिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*