मौसम

आंशिकदेखि सामान्य बदली रहने

लोकखबर
६ माघ २०७६, सोमबार ०७:२६

मकवानपुर । जल तथा पूर्वानुमान महाशाखाका अनुसार सोमबार (आज) दिउँसो पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्क देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यस्तै,देशका पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पूर्व र मध्यका तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

मंगलबार दिउँसो देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी र मध्य भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

राति देशको पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ।

बुधबार दिउँसो पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा हुस्सुरकुहिरो रहनेछ । उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार राति पूर्वी नेपालमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पश्चिमी उच्च पहाडी भेगका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

उच्च हिमाली भेगका हल्का हिमपात हुने सम्भावना रहेको साथै तराईका केही स्थानहरुमा हुस्सु-कुहिरो समेत रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारण सबैमा महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*