विश्व

राजकुमार ह्यारीलाई के त्यस्तो बाध्यता आइलाग्यो राजपरिवार नै छाड्नुपर्ने ?

लोकखबर
६ माघ २०७६, सोमबार ०८:३५

बेलायती राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताएका छन् । राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले ‘आस्था वा निष्ठाको लामो छलाङ्ग’ मारेको बताएका छन् ।

आइतबार बेलुका भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा द ड्युक अफ ससेक्सले आफू र श्रीमती मेगन जिम्मेवारीहरुबाट नभागेको स्पष्ट पारेका छन् । राजकुमार ह्यारीले भनेका छन्, ‘बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो, यो कहिले पनि परिवर्तन हुने छैन ।’

एचआरए (हिज हर रोयल हाइनेस) उपाधिबाट पछि हट्ने घोषणा गरेपछि राजकुमार ह्यारी पहिलोपटक यसबारे सार्वजनिक रुपमा बोलेका हुन् ।

ह्यारी र उनकी श्रीमती मेगनले अबदेखि हिज-हर रोयल हाइनेस (एचआरएच) सम्बोधन प्रयोग गर्ने छैनन् । यस्तै राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने बेलायती राजदरबार बकिङ्गहम प्यालेसले शनिबार जानकारी दिएको थियो ।

यस्तै ह्यारी र मेगनले अबदेखि औपचारिक रुपमा महारानीको प्रतिनितत्व गर्ने छैनन् । द ड्युक एण्ड डचेज अफ ससेक्सले उनीहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने जनाइएको छ । फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती परिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

गएको सोमबार बेलायती राजपरिवारका उच्च सदस्यहरुको बैठक सान्ड्रिङ्घममा भएको थियो । सो बैठकमा ह्यारी र मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा छलफल भएपछि दरबारको यो वक्तव्य आएको हो । सोमबारको भेटमा महारानी एलिजाबेथ, राजकुमार ह्यारी ह्यारीका पिता राजकुमार चाल्र्स (प्रिन्स अफ वेल्स) तथा दाइ राकजुमार विललियम (ड्युक अफ क्याम्ब्रिज) पनि उपस्थित थिए ।

द ड्युक एण्ड डचेज अफ ससेक्स (राजकुरमा ह्यारी र उनकी पत्नि मेगन) ले आफूहरु बेलायती राजपरिवारको शीर्ष सदस्याबाट पछि हट्न चाहेको बताएका थिए ।

द ड्युक एण्ड डचेज अफ ससेक्सले ‘सिनियर’ राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा जनवरी ८ मा गरेका हुन् । उनीहरुले वित्तिय रुपमा आत्मनिर्भर हुने गरी काम गर्ने योजना रहेको पनि उल्लेख गरेका थिए ।

राजकुमार ह्यारीले आइतबार बेलुका सेन्ट्रल लण्डनमा दक्षिण अफ्रिकामा एचआइभी संक्रमणसहितका बालबालिकाको सहयोगका लागि रकम संकलन गर्न भएको कार्यक्रममा सम्बोधन गरेका हुन् । सम्बोधनको सुरुमा राजकुमार ह्यारीले भने, ‘पछिल्ला केही हप्तामा तपाईँहरुले सञ्चारमाध्यम वा पत्रपत्रिकामार्फत के के सुन्नु भयो या पढ्नु भयो भन्नेबारे म मात्रै कल्पना गर्न सक्छु । त्यसैले म तपाईँहरु मेरो तर्फबाट सत्य सुन्नु होस् भन्ने चाहन्छु, यो सत्य राजकुमार या ड्युकका रुपमा होइन ह्यारीका रुपमा मात्रै हो ।’

सम्बोधनको क्रममा राजकुमार ह्यारीले भने, ‘मेरी हजुरआमा, मेरो कमाण्डर इन चिफप्रति जहिले अति आदर र सम्मान रहने छ ।’

ह्यारीले भनेका छन, ‘महारानीलाई गर्ने सेवा, कमनवेल्थमा गर्ने सेवा र सैन्य सेवामा मेरो संलग्नता निरन्तर गर्ने हाम्रो आशा थियो, तर सार्वजनिक कोषको प्रयोग बिना । अफसोचको कुरा सम्भव भएन।’

उनले भनेका छन्, ‘मैले यो स्वीकार गरेको छु, यसले म को हुँ भन्ने कुरा परिवर्तन गर्दैन र म कति प्रतिबद्ध छु भन्ने कुरामा पनि फरक ल्याउने छैन ।’

राजकुमार ह्यारीले आफूले लिएको निर्णय हलुकामा लिएको निर्णय नरहेको बताएका छन् । देशसंचारबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*