नवोदयमा रचना वाचनको थलो ‘कफी हाउस’

लोकखबर
१४ माघ २०७६, मंगलवार १८:१८

मकवानपुर । मकवानपुरको हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन इङलिस मिडियम स्कुलका कक्षा २ मा अध्ययनरत विद्यार्थीले कफी हाउस कार्यक्रममा रचना वाचन गरेका छन् ।

आज(मंगलबार)को रचना वाचन कार्यक्रममा कक्षा २ का ४० जना विद्यार्थीले आफूले तयार पारेको किताबबाट रचना वाचन गरेका थिए ।
कार्यक्रममा युवा साहित्यकार तुफानविक्रम क्षेत्रीको प्रमुख आतिथ्यता थियो ।

तीन वर्षदेखि संचालित कफी हाउस कार्यक्रममा विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन र चौतर्फी विकासका लागि विभिन्न रचना वाचन गर्ने परिपाटी रहेको छ ।

कफी हाउस कार्यक्रमले विद्यार्थीमा किताब अध्ययन गर्ने, रचना गर्ने वानीको विकास भएको साहित्यकार तथा नेपाली विषयका शिक्षक सिएम रिमालले बताए । ‘विद्यार्थीहरुले रचना गरेका लेख, कथा, कविता, संस्मरणको आफैंले किताब बनाउने र कफी हाउसमा आएर अभिभावक सामु विमोचन गरी रचना वाचन गर्ने गरेका छन् । ’ शिक्षक रिमालले भने ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*