भीमफेदीमा काम गर्न राखिएका बालक उद्दार

हिदम लामा भन्छन्,‘भीमफेदीलाई बालश्रममुक्त गाउँपालिका बनाउँने अभियानमा छौं । ’
लोकखबर
१८ फाल्गुन २०७६, आईतवार ०७:२८

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा घरमा काम गर्न राखिएका एक बालकको उद्दार गरिएको छ ।

भीमफेदीको वडा नम्बर ६, भीमफेदी बजारस्थित अमित परियारको घरमा विगत तीन महिनादेखि घरेलु कामका लागि राखिएका बालक सुशील प्रजालाई उद्दार गरिएको हो । भीमफेदी गाउँपालिकाको पहलमा उद्दार गरिएका एघार वर्षिय सुशीललाई आज (आइतबार) अभिभावकको जिम्मा लगाउँने बताइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुवँरको नेतृत्वमा बालकलाई उद्दार गरिएको हो । बालक उद्दार कार्यमा गाउँपालिका महिला विकास शाखा प्रमुख दुर्गा घिमिरे, भीमफेदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सिताराम थापा, वडा सदस्य सरिता परियार, सनतकुमार घिसिङ, शिक्षा श्रोत व्यक्ति गोविन्द चौलागाईं, भीमफेदी बाल गृहका प्रमुख सुरेन्द्र सापकोटा लगायतको सहभागिता थियो।

गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार भीमफेदी गाउँपालिका घरेलु बालश्रम मजदुरी अन्त्यका लागि अभियानमा होमिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*