ग्लोबल आइएमई बैंकद्वारा दृष्टीविहीन विद्यार्थीलाई सहयोग

लोकखबर
२९ फाल्गुन २०७६, बिहीबार १३:०५

मकवानपुर । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वत जिल्लाको कुश्मास्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहीन विद्यार्थीहरूलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको छ।

सङ्घीय सांसद पदम गिरी र ग्लोबल आइएमई बैंक कुश्मा शाखाका प्रमुख प्रकाश शर्माले संयुक्त रूपमा उक्त सामाग्री हस्तान्तरण गरेका थिए। उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईंलगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आइरहेको छ।नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*