क्यानडेली प्रधानमन्त्रीकी श्रीमतीलाई कोरोना, दुवै जना १४ दिने ‘आइसोलेशनुमा

लोकखबर
३० फाल्गुन २०७६, शुक्रबार ११:०८

मकवानपुर ।क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमतीलाई १४ दिने आइसोलेशनमा राखिएको छ ।

प्रधानमन्त्री ट्रुडोकी श्रीमती सोफीलाई कोरोना भाइरस ९कोभिड–१९० भएको पुष्टि भएपछि दुवै जनालाई १४ दिने निगरानीमा राखिएको बीबीसीले जनाएको छ । तर ट्रुडोमा अहिलेसम्म कुनै सङ्क्रमण नदेखिएकाले उनको कोरोना परीक्षण नहुने बताइएको छ ।

यस्तै ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोको पनि कोरोना परीक्षण गरिएको छ । अमेरिका पुगेर फर्किएका एक जना सहयोगीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनको पनि परीक्षण गरिएको हो । उनको रिपोर्ट भने आउन बाँकी नै छ ।

यसैगरी फुटबल क्लब आर्सनलका प्रबन्धक माइकल आर्टेटा र चेल्सीका खेलाडी क्यालुम हडसन ओडोइलाई पनि कोरोना भएको पुष्टि भएको छ । चेल्सीका खेलाडीमा कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका खेलाडीदेखि प्रशिक्षकसम्मलाई १४ दिने निगरानीमा राख्नुपर्ने प्रिमियर लिग क्लबले जनाएको छ ।

यसैबीच अहिलेसम्म एक सय २७ देशका एक लाख ३४ हजार सात सय दुई जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमितमध्ये ७० हजार तीन सय ८१ जना उपचारपछि निको भएका र ५९ हजार तीन सय ४२ जना उपचाररत छन् ।

कोरोनाका कारण अहिलेसम्म चार हजार ९ सय ७९ जनाको ज्यान गइसकेको छ ।उज्यालो अनलाईन डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*