एसईई दिन केन्द्र आसपास बसेका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क यातायत व्यवस्था गरेर घरघरमा पुर्‍यायो

लोकखबर
६ चैत्र २०७६, बिहीबार ११:२२

मकवानपुर ।आजबाट सुरु हुने भनिएको एसईई परीक्षको लागि परीक्षा केन्द्र नजिकै आएर बसेका विद्यार्थीहरुलाई स्याङ्जाको फेदीखोला गाउँपालिकाले निःशुल्क यातायत व्यवस्था गरेर घरघरमा पुर्‍याएको छ ।

गाउँपालिकाले बिहीवार(आज) बिहान सार्वजनिक यातायात भाडामा लिएर विद्यार्थीलाई घर घरमा पुर्‍याएको हो ।

आजदेखि सुरु हुने भनिएको एसईईको परीक्षा कोरोना भाइरसको सभ्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले बुधवार साँझ स्थगित गर्ने निर्णय गरेको थियो ।

परीक्षा स्थगित भएसँगै परीक्षा दिनको लागि परीक्षा केन्द्र आसपास आएर बसेका विद्यार्थीहरुलाई गाउँपालिकाले निःशुल्क बस सेवा उपलब्ध गराएको हो ।

उनीहरुलाई घरघरमा पुर्‍याउने व्यवस्था मिलाइको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

प्रतिकुल अवस्थालाई ध्यान दिँदै फेदीखोला बजार र खड्केटारी बजारमा परीक्षा तयारिका लागि बसेका फेदीखोला गाउँपालिका ५ बागे मैदान मावि र ४ गलेम सितला माविका विद्यार्थीहरुलाई घर फर्कनको लागि गाउँपालिकाले यातायातको व्यवस्था गरेको हो । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*