राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

लोकखबर
७ चैत्र २०७६, शुक्रबार १५:३७

मकवानपुर ।कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको जोखिम बढेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै शुक्रबारका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

कार्यव्यवस्था समितिको सुझावका आधारमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको हो । संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीद्वारा जारी विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाइएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठक १३ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको थियो । बिहीबार विभिन्न संसदीय समितिहरुको बैठक समेत सञ्चालन भएका थिए ।

सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न र भेला नहुन निर्देशन दिएपनि बिहीबार भने बैठक सञ्चालन भएको थियो । उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*