भीमफेदीमा राहत वितरणमा अपनाइयो प्रभावकारी शैली, अति विपन्न पहिचानपछि राहत वितरण

रामकुमार दानी
२८ चैत्र २०७६, शुक्रबार २०:२१

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट आज गाउँपालिकाको वडा नम्बर ६ को २६ घर परिवारलाई राहत वितरण गरेको छ । कोभिड १९ को गरिएको लक डाउनले घरमै बस्नु परेका अति विपन्न बृद्द, एकल महिला, अपांगता भएका, एकल बृद्द महिला लगायत लक डाउनका कारण घरमा चुल्हो नबल्ले अवस्थाका लागि पहिलो चरणको राहत वितरण गरिएको वडा अध्यक्ष सिताराम थापाले बताए ।
राहत प्याकेजमा ३० किलो चामल, दुई किलो दाल, दुई किलो चिनी, दुई किलो नुन, दुई लिटर तेल र ४ वटा सावुन वितरण गरेको अध्यक्ष थापाले बताए । गाउँपालिकाको वडा नम्बर ६ मा पहिलो राहत वितरण कार्यक्रम भएको हो । ‘हामी स्थानीय जनप्रतिनिधी विपद् व्यवस्थाका सदस्य, स्थानीय रानीतिक दलका प्रतिनिधी, स्थानीय अगुवाको सहभागितामा वडाका अति विपन्न परिवारको तथ्यांक तयार पारिरहेको छ ।’ अध्यक्ष थापाले भने, ‘फेरि नयाँ तथ्यांक आएपछि र कोरोनाको कारण लक डाउन थपिन गएको खण्डमा दोस्रो चरणको राहत वितरण गर्नेछौं ।’
भीमफेदी गाउँपालिकाले अन्य स्थानीय तहभन्दा फरक ढंगबाट राहत वितरण गरेको हो । राज्यको निती एवम् नियम पालना गर्दै गाउँपालिकाका जनप्रतिनिधी, विपद् व्यवस्थापनका प्रतिनिधी लगायतको सहभागितामा पहिलो चरणमा गाउँपालिकाभरमा राहत दिनुपर्ने २१० घरपरिवारको तथ्यांक संकलन तथा तयारी पछि ६ नम्बर वडाबाट राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
अध्यक्ष लामाका अनुसार राहत आवश्यक पर्ने दुई सम्मको परिवारलाई पन्ध्र किलो चामल, एक किलो दाल, एक किलो नुन, एक लिटर तेल र दुई वटा साबुन राहत उपलब्ध गराउने तयारीमा गाउँपालिका छ ।
राहत वितरण कार्यक्रममा अध्यक्ष लामा, उपाध्यक्ष पार्वती राना, गाउँकार्यपालिका सदस्य मंगलादेवी श्रेष्ठ,गाउँपालिकाको ३ नम्बर वडा अध्यक्ष प्रितिलाल लामा, ५ नम्बर वडा अध्यक्ष जारसिं लामा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, रेडक्रसका उपमन्त्री सानु थापा, रेडक्रस उपशाखा सभापति रन्जित राना, विपद व्यवस्थापन समितिका सदस्य इश्वरमान श्रेष्ठ, स्थानीय संचारकर्मी सुरेन्द्र थिके लगायतको उपस्थिती थियो ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*