बागमती प्रदेश सरकारलाई एनएमबि बैंकद्वारा सय थान पीपीइ सहयोग
मकवानपुर । एनएमबि बैंकले बागमती प्रदेश सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ ।
बैंकका प्रदेश व्यवस्थापक दुर्गाराम पुरीेले कोभिड–१९ विरुद्दको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक सय थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेललाई हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय तथा व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यले एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदान आरम्भ गरेको प्रदेश व्यवस्थापक पुरीेले जानकारी दिए ।