कोरोना रोकथामका लागि बैंक अफ काठमाडौंको ५ लाख

लोकखबर
२९ चैत्र २०७६, शनिबार १२:०६

मकवानपुर । बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस (कोभिड १९ ) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंक अफ काठमाडौले ५ लाख रकम सहयोग गरेको छ ।
बैंकका हेटौंडा शाखा प्रमुख रमेश प्याकुरेललले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकमको चेक आज (शनिबार) हस्तान्तरण गरेका हुन् ।

महामारीका रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमण नियन्त्रणको क्षेत्रमा सरकारले काम गरीरहेको जानकारी दिदै बैंकको सहयोग प्रति धन्यवाद दिए । सरकारले मात्र चाहेर नहुने भन्दै उनले विभिन्न संघ सस्था, व्यक्तिलगायत सबैको सहयोग जरुरी रहेको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*