कविता

हामी मजदुर

सिर्जना पुडासैनी 
१९ बैशाख २०७७, शुक्रबार १९:५७

बिहान बेलुकिको छाक टार्न कै लागि
म कुटाे कोदाली काधमा बोकि हिडिरहेछु
परिवारको पेट भर्न कै लागि म लडिरहेछु
हरेक चुनौती पार गर्दै अघि म बढिरहेछु

गाँस बाँस कपास कै निम्ति हो कोदाली समाएको
भोलि होइन आज कै लागि हो पाखुरी चलाएको
भबिस्य त के हुन्छ कुन्नी कसलाइ पो के था
भरेको एक छाक खान कै निम्ति हो पसिना बगाएको

यहाँ समानता छैन मैले र उस्ले गर्ने श्रमकाे पारिश्रमिकमा
केबल लिङ्गकै कारण विभेदको घेरामा बन्दि बन्न बाध्य
समय एक काम एक तर पनि असमानताको गहिराइमा
दशक होइन शताब्दी बितिसक्यो खोइ कैले हो कुन्नी
एक समान रेखामा उभिएर हिड्ने र अघि बढ्ने

जुटमिल आन्दोलनले के उपलब्धी ल्यायो कुन्नी
मजदुर जहाँको त्यही रुमल्ल्लिरहेका छन् अझै
मजदुर कै हकहितका लागि बनेका ऎन नियम
केबल कागजका काला अक्षर मै सिमित छन अझै

मजदुरका कार्यक्रमका पोस्टर  टाेलटाेलमा देखिन्छ
बिडम्बना शाशक र सामन्त बर्ग कै ढलिमलि देखिन्छ
सामाजिक सुरक्षा योजना निति आए तर लागू खोइ
जति भाषण गरेपनि जताततै हुनेखाने कै रजाइ देखिन्छ
हामी मजदुर जहाँ को त्यही

हातमा उठेका ठेलाले गरिरहेका छ्न प्रतिबिम्बित
मेरो थाकेका हरेक तन्तुले चिच्याइ चिच्याइ पुकारदै
आज १३१ बर्ष सम्म पनि दमित नै रहेको मजदुरका
विश्व भरको त्यो युद्ध, क्रान्ति को खोइ प्रतिफल
हामी मजदुर जहा को त्यहि

सधै होइन मे एक हाम्रो उत्सवको रुपमा मनाइन्छ
अरु दिन सधै अठार घन्टे कामले दमित बनाइन्छ
सेवा सुबिधा र अन्य प्रोत्साहन पाउन कै निम्ति
लोकतान्त्रिक देशमा ढुङ्गामुढा गर्दै टाएर जलाइन्छ
हामी मजदुर जहाँ  को त्यहि

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*