कोरोना भाइरसको कुरा
विश्वमा अहिले कोरोना भाइरस प्रमुख विषय बनेको छ । यसको खास नाम कोरोना हो । यसलाई विश्व स्वास्थ्य संगठनले कोरोना (कोभिड-१९) नाम दिएको छ । को को अर्थ कोरोना, भि को अर्थ भाइरस र ड को अर्थ डिसेम्बर र १९ को अर्थ २०१९ हो भनेको छ । हो होइन थाहा चाहियो ? मैले यति बुझेको हो, सहि हो या होइन, त्यो पनि खोजीको विषय हो । सामान्यले के जान्नु ।
यसका बारेमा अघिल्ला २ लेखमा चर्चा गरि रहँदा फेरी पहिले पहिले चर्चा गरिएको कालापानीको कुरा सतहमा आएको छ । यो कालापानी अर्थात काली नदि (महाकाली नदी) नै हो । नेपालको पश्चीम सिमा हो । काली नदि । हुनत यो सिमा अंग्रेजले भारत छाडेपछि सन्धी पश्चात कायम सिमा हो ।
पुर्खाले त पुर्वमा टिस्टा नदि र पश्चीममा कागडा सम्म भुभाग आफनो कब्जामा लिएका थिए नि । अहिले खुम्चदै खुम्चदै आउनु परेको छ । कुन दिन देश नरहन सक्ने अवस्था आई रहेको छ । यो भारतको पहिले भन्दै आएको विस्तारवादी नीति नै हो । हामीले पटक पटक मुक्ती आन्दोलनमा सहभागी हुँदा भारतलाई विस्तारवाद र अमेरिकालाई साम्राज्यवाद भन्दै आयौ । यहि नाराले कति नेता प्रधान, र मन्त्री बने, हामीले संघर्ष गरि रहयौ । एक किसीमले झोले, भर्याङ के के भने भने मानिसले ।
अब लिपुलेक पनि हामीले देखेको छैन । त्यहाँ जान सक्ने नेपाली कति छन् । कुरा त ठुला ठुला गर्दछ । त्यहाँका मानिसले खान पाएका छन कि छैनन । औषधी उपचार बाटो घाटो के छ यहाँको सरकार, सरकारसम्बद्ध सुरक्षाको जिम्मा लिने पद पगरि पाउनेले थाहा पाएको छ कि छैन । अनुन्धान पनि छ रे देशमा खै आज विहान समाचार सुनेको २००० बढिको संख्यामा छ रे । तर कहाँ छ ? के खाएर बसेको छ । कस्ता घरमा बसेको छ राज्यको सुविधा लिएको छ छैन । कति लिएको छ । शक्तिको दुरुपयोग कति गरेर बसेको छ थाहा छैन ।
फेरि यो कालापानीको समस्या आयो । लिपुलेक, लिम्पीयाधुरा, कुटि, याङदी के के हो के के । न देख्नु त्यो ठाउँ । गफ गरिएको छ । त्यो बाटो कैलास मानसरोवर जानलाई भारत र चिनले व्यापार गर्न बनाउन सहमती गरेछन । नेपाललाई थाहा दिएन छ । यत्ति हो । थाहा दिएर त्रिपक्षीय समजदारीमा बनाएको भए बाटो बनाउने कुरा हो । साझा बाटो बनाएको भएनि हुन्थ्यो । एकलौटी गर्न थालेपछि समस्या, अविश्वास र संका हुने कुरा भयो । अविश्वास त जताततै छ । सरकारमा छ । पाटी पाटीमा छ । घर घरमा छ । अफिस अफिसमा छ । के गर्नु ? शंकै शंका छ । रातारात यहाँ कानून बन्छ । राती नै पार्टी बन्छ । रातीनै जग्गा पास हुन्छ । राती नै जग्गाको नक्सा कित्ताकाट हुन्छ । भनिन्छ पैसा भएपछि जहिले जतिखेर नि हुन्छ ।
भारतका कदम विरुद्ध नेपालमा नारा लाउनेको कमि छैन । राजनिती गर्नुप¥यो नि । काम केही छैन । त्यो पनि नगरे के गर्नु । नारा लाउनेले झण्डा बोकेर जुलुसमा आएको देखियो । अब टिभिमा कति जनाले बोली सके, व्याख्या गरि रा का छन् । यो बोलेर हुने होइन, पहिले पनि भन्दै आएको हो । भारतसँग नजुधी, वादविवाद नगरि हुनेवाला छैन । उसले क्याम्प बनाएर बसी सक्यो । बाटो बनाएको कुरा सरकारलाई समेत थाहा रहेनछ भन्ने आई राखेको छ । अब थाहा थियो कि थिएन, भित्र भित्र हुन्छ भनेको छ कि के हो थाहा भएन ।
अहिले सम्म नक्सा जारि नि भएन । बेलायतमा छ रे नक्सा भन्छन् । अब कहाँ पो छ त्यो नक्सा । अर्काको देशमा छ । फेरि बेलायत भनेको त्यही भारत हो हिजो । उसले कस्तो बनाएर राखेको छ । प्रमाण हुन पर्यो । भारतलाई जित्ने भनेको सबै आवश्यक बस्तु नेपालमा नै निर्माण उत्पादन भयो भने चै निहु खोज्न सकिन्छ । हैन भने सबै उतै छ । कसरी निहु खोज्नु । यसमा त झन् चिनले पनि भारतलाई साथ दिएको छ बाटोको निर्माणमा । अब भन्नुस् । केही लाग्छ नेपालको । कराउने मात्र हो । कराउन न कराउन त । कराउन पैसा लाग्दैन । जिउको मयल जादैन ।
पार्टीमा त यस्तो ताल छ । त्यो पनि जनताले हेरी रहेका छन् । कोरोनाको माहामारीमा पद खोजेको ? शक्ति खोजेको । म तल पर्छु कि । उ माथि जान्छ कि । हेर्नु त ताल । वाक्क दिक्क भईयो । अब घरमा, चुलोमा चामल हुदा हुदै राहत बाँडे । ति राहत बाड्नेलाई अब राहत चाहिने भयो रे । ल काठमाडौमा त लिनै आई सक्यो रे भनिन्छ । कति हतार । त्यो राहत दिन पर्नेलाई काम दिउँ भन्दा कसैले टेक पुच्छर लाएन । काम दिएको भए एक दिनमा एक हजार कमाउथ्यो । ३ दिन काम गर्न पाएको भए राहत बरावर हुने थियो । विदेशमा गएका घर फर्कन खोजेका छन् । । कसरी फर्कनु । किन गएको त भनौ भने त्यो पनि भन्न नसकिने । कमाउन गएको । यहाँ काम छैन । के गर्नु त भनिन्छ । यहाँ काम छैन त भन्दा खेतवारी वाझै छ । उत्पादन छैन । विदेशबाटै ल्याएर खान पर्छ । अस्ती ल चिनी सकियो रे । सरकारले विदेशबाट चिनी आयात गर्दैछ रे भन्ने सुनियो । कतिवटा चिनी मिल छ किसानको पैसा दिएको छैन । उखुको हालत के छ । यति रकम कृषिको लागि दियो रे । उती दियो रे कहाँ दियो भन्या । दिएको भए खान पुग्ने सबै नेपालमा नै हुने थिएन भन्या । अब कसले खाई रहेको छ त्यो सरकारको अनुदान खोजी कसले गर्ने ? खोज्ने ले खोज्दैन किन कि उसैले खाएको होला । अनि उसले खोज्दछ त । कुनै हालमा खोज्दैन । दलालीले काम गरेको छ नेपालमा । जहाँ जाउ दलाल नै दलाल । एकाध छन् । तीनको के लाग्छ । नाङगाको देशमा गएसी हास्यो भने वेइजत हुन्छ रे भन्थे बुढापाकाले । यहा त्यो सत्य बोल्नेको हुर्मत लिईन्छ । वेइज्जत गरिन्छ । रुपचन्द्र विष्टले एक दिन सत्य थाहा हुँदा झुठ नास हुन्छ भन्नु भएको छ । यो वचन वास्तवमा सत्य हो । चाहे धर्मशास्त्र हेर्नुस, चाहे विज्ञान । आखिर सत्य हुन्छ । कुनै दिन होला भनि चित्त बुझाउनु सीवाय के छ र यहाँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का श्रदेय अध्यक्ष प्रचण्डले न्युज २४ मा मन्तव्य दिनु भएको कुरा लेख लेखि रहँदा सुनिएको छ । आधिकारीक त आऊला नै । वहाँले अब यसरी हुदैन भन्नु भएको छ । भारतले कुटनितिक समाधान नचाहे अर्को बाटो रोज्नु पर्छ भनि सक्नु भएको रहेछ । हेर्दै जाऊ । अन्तराष्ट्रियकरण गरिनु पर्दछ भनि पहिले लेखेको हो । सकेसम्म कुटनीतिक नै ठिक हो । हैन भने नेपालीले एक पटक मुक्ती आन्दोलनद्वरा नेपाल मुक्त गर्नु पर्छ । सबै चिज एकै पटक मुक्त हुन्छ । यो मुक्ती आन्दोलमा धोका दिने पनि आउँछन् होसीयार ।
नेपालमा कोरोनाका विरामी बढि रहेको छ । अब दिनै पिच्छे बढिरहेको छ । २/३ महीना सम्म नियन्त्रण गर्न नसक्नु कमजोरी नै हो । हाम्रो भारततीरको सिमानाले समस्या पैदा गर्यो । सिमामा पर्खाल, तारवार लगाउ भन्दा यहाँका सत्तामा बस्नेले ध्यान कहिल्यै दिदैनन् । यो रोग नेपाललाई कहिल्यै जाने छैन । जबसम्म सिमा नियन्त्रण गरिदैन, कति दिन लकडाउनमा बस्ने भन्ने ठेगान छैन । सारा समस्या देशमा आउने भए । कोरोना भन्दा पनि अन्य समस्या आउने भयो । उत्पादनको समस्या, निर्माणको समस्या, उद्योग धन्दाको समस्या । यि समस्या कसरी समाधान गर्ने भन्ने तर्फ ध्यान दिन जरुरी छ । कोरोना विरुद्ध देश एकताबद्ध हुन पर्दछ । अहिले यत्ती ।