कविता :
डाक्टर साबलाइ सलाम
आफू एक प्याकेट चाउचाउ र बिस्कुटको भरमा जिबन यापन गर्दै
हजारौं सर्वसाधरणलाइ जीवन दिने डाक्टर साबलाइ सलाम
कोखमा नाबालक अनि घरमा दुधे बालक छोडि काममा लागि पर्दै
हजारौं सर्वसाधारणलाई जीवन दिने डाक्टर साबलाइ सलाम
न त भोक न त तिर्खा जे भए पनि आफ्नो वास्ता नगरी
हजारौं सर्वसाधारणलाई जीवन दिने डाक्टर साबलाइ सलाम
माहामारीको बेला पनि आफ्नो जीवन हाम्रै निम्ति त्यागी
हजारौं सर्वसाधारणलाई जीवन दिने डाक्टर साबलाइ सलाम
न त सहर न त गाउँ जहाँ भए पनि हाम्रै उपचार गरि
हजारौं सर्वसाधारणलाई जीवन दिने डाक्टर साबलाई सलाम
अनि हाम्रै निम्ति खट्ने महान ब्यक्तीलाई सलाम।
ज्ञानदिप शिक्षा निकेतन, कक्षा १०, हेटौंडा, मकवानपुर