झ्याउरे छन्दमा कविता :
झरी
बर्षाले गर्दा बाढि है आयो खहरे उर्लेको
बर्सदै आयो रोकिने छैन झन्झनै कुर्लेको
दम्किको छेउ पहिरो गयो गरा नै बगर
भन्देउ कोहि राहात पुग्ला सुनाइ खबर
साउन सात परेको पानी बिर्सन सक्छु र
सुसायो खोला उर्लेर आयो का तर्न सक्छु र
गाई र बाख्रा कराउन थाले घासको खोजिमा
काम नी छुट्यो के ल्याउ भन कैछै न गोजिमा
मकै नि छैन कोदो नि छैन बारीको पाटाेमा
बगाइ लग्यो छोडेर ढुङ्गा माटाेकाे साटाेमा
बिपद बेला टरेर जाला बस्दैन यसरी
दुखिको आँसु हरेक साल खस्दैन यसरी