मरुभूमी सलहको पहिचान तथा व्यवस्थापन
परिचय :
मरुभूमीमा पाइने सलह शिश्टोसर्का ग्रीगारिया, एकिडिडे परिवारको छोटो एन्टेना भएको फट्याङ्ग्राको एक प्रजाति हो । यो जीवन वृद्दिको अवधि भरमा अण्डा, निम्फ (होपर) र वयस्क गरी तीन अवस्थाबाट गुज्रिन्छ । यस किराका दुई भिन्न प्रवृति हुन्छन् । किराहरु थोरै संख्यामा भएको बेलामा यिनीहरु एकल प्रवृतिका हुन्छन् भने यिनीहरुको संख्याकामा वृद्दि र आहारा कम हुदै जाँदा एकिकृत हुदै गएर झुण्डमा परिचालन हुने प्रवृतिमा परिवर्तन हुन्छन् ।
यसरी नेपालमा सन् १९६२ मा गोदावरी र काठमाण्डौबाट संकलन गरी यसको आधिकारिक रुपमा यसको पहिचान भएको थियो । त्यसै वर्ष काभ्रेको पनौतीमा मकै बालीमा यसको प्रकोप देखिएको थियो । अहिलेको सन्दर्भमा यस सलह सन् २०१८ मा अरेबियन प्रयदिपमा गर्मी मौसममा सुरु भएको बंशवृद्दिबाट २०१९ को पूर्वाधमा यमन, साउदी अरब,इरान हुँदै भारत र पाकिस्तान सिमा क्षेत्रमा यस वर्ष अनुकुल मौसमका कारण वंशज वृद्दि भई विसाल झुण्ड तयार भएको हो । झुण्ड निहित अपरिपक्व वयस्कहरु पूर्वतर्फबाट राजस्थानमा प्रवेश गरेको र हालैको अम्फान आधि पछिको पश्चिमी वायुको सहारामा मध्ये प्रदेश र महाराष्ट्र हुदै नेपाल प्रवेश गरेको छ ।
पहिचान तथा स्वभाव :
यस किराको अवस्था,यस्को एकल र झुण्डमा रहने प्रवृति अनुसार र रंग पनि फरक – फरक हुन्छ । झुण्डमा रहने प्रवृतिका सलहको रंग कालो हुन्छ । परिपक्व अवस्थाको वयस्क झण्डै चोर औला जत्रो हुन्छ । सलहको झुण्डहरु दिनको समयमा हावाको वहाव सगै प्रति दिन १५० कि.लो. टाढासम्म हुल बनाएर उड्छ । साँझ पर्दै गर्दा रुख विरुवा लगायतका स्थानहरुमा आश्रय लिन्छ र विहान सूर्योदय पछि १-२ घण्टा घाम तापेर सक्रिय भइ नजिकको आहारा खान्छन् । त्यसपछि मात्र पुन : लामो उडानमा लाग्दछ । यिनीहरु विभिन्न रंगका हुन्छन् ।
क्षति :
दिनमा एउटा किराले आफनो तौल बराबर अर्थात २ ग्राम खान्छ ।
जीवनचक्र :
यसले मरुभूमीमा नरम बालुवामा ५-१० से.मी तल फुल पार्दछ । यसले चामलको दानाको आकारमा अण्डा पार्दछ । एकल प्रकृतिका पोथीले ९०-१६० र झुण्डमा उड्नेले ८० सम्म अण्डा पार्दछ । साधारणतया एउटा पोथीले ७-११ दिनको फरकमा तिन पटक सम्म अण्डा पार्दछ ।
झुण्डमा रहने सलहको अण्डाबाट २ हप्तामा बच्चा निस्कन्छ । यसको अपरिपक्व अवस्थामा बढी नोक्सान पुर्याउँछ । यसले यो अवस्थामा लामो दूरी सम्म उड्नसक्छ । यो वयस्क बन्न करिब ४ हप्ता लाग्दछ । यसरी यसको जीवन चक्र पूरा हुन्छ ।
व्यवस्थापन :
क. भौतिक तरिका
१. यसको नियन्त्रणको लागि एकल भन्दा पनि सामुहिकरुपमा मिलेर बास बसेको बेलामा जम्मा गरेर मार्ने ।
२. सम्भव भएसम्म बालीलाई जालिले ढाक्ने । जस्तै नर्सरी,प्लाष्टिक घर ,गमलामा लगाएको बालि आदी ।
३. धुवा लगाएर बस्न नदिने
४. विभिन्न माध्यमको प्रयोग गरी आवाज निकालेर पनि धपाउन सकिन्छ ।
ख. विषादीको प्रयोग
सकभर बिषादी प्रयोग नगर्ने यदि विषादी प्रयोग गर्नु परेमा सुरक्षित एप्रोन लगाएर मात्र विषादी प्रयोग गर्ने । सम्पर्क विषादी प्रयोग गर्ने तर खाद्यान्न बालिमा बसेर असर पुर्याउन सक्ने अवस्थामा मात्र विषादीको प्रयोग गर्ने।
विषादीहरु
मालाथिन, क्लोरोपाइरिफस, डेल्टामेथ्रिन,ल्याम्डा साईहेलोथ्रिन लगायतका विषादी प्रयोग गर्दा राम्रो हुन्छ ।
दहाल, कृषि विकास निर्देशनालय, बागमती प्रदेश हेटौंडाका प्राविधिक सहायक हुन् ।